२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक, मूल्य कति ?

२९ वैशाख, काठमाडाैं । नेपालमा एमजी एस–६ इलेक्ट्रीक एसयूभी सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी एस–६ बिक्री सुरू गरेको हो ।

एमजी एस–६ नेपालमा रियर ह्वील ड्राइभमा आएको हो । अन्तर्राष्ट्रिय बजारमा भने रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ । एमजी एस सिक्समा शक्तिशाली १८० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले ३५० न्युटन मिटर टर्क प्रदान गर्छ । यसले ० देखि १०० किमीको स्पीड केबल ७.३ सेकेण्डमा भेट्टाउने कम्पनीले जनाएको छ ।

 एस–६ एसयूभीमा ७७ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । यसले एकपटकको फुलचार्जमा ५३० किलोमिटर रेन्ज दिने डब्लू एलटीपीले प्रमाणित गरेको छ । एमजी एस–६ ले १४४ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ ।

एमजी एस सिक्सको लम्बाइ ४७०८ एमएम छ । चौडाइ १९१२ एमएम र उचाइ १६७२ एमएम अग्लो एसयूभीमा २८३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ६७४ लिटरको बुट स्पेश छ । एमजीले यसको क्याबिन धेरै हदसम्म एमजी फाइभमा आधारित रहेर तयार पारेको छ ।

 साथै ड्यासबोर्डमा १२.८ इन्चको स्क्रीन, ११ वटा स्पीकर, हिटेड सिट, पानारोमिक सनरुफ, अगाडि फ्रन्ट फ्रङ्क्स उपलब्ध छ । टेक्नोलोजीका हिसाबले पनि एमजी–६ निकै बलियो छ । आवश्यकता अनुसार मिलाउन सकिने रिजेन, वान पेडल ड्राइभिङ, आइएम सिक्समा दिइएको अप्सनल ‘रेन नाइट मोड’ पाउन सकिन्छ ।

यस एमजी–६ सुरक्षाका लागि एईबी, लेन किप एसिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल लेभल २ एडास, क्रुज कन्ट्रोल, ७ एयर ब्याग लगायत फिचर छन् । यसले युरो एन क्यापमा अब्बल फाइभ स्टार रेटिङ पाएको छ । बाहिरी डिजाइनमा अगाडिबाट एमजी फाइभको धेरै कुरा समान जस्तै लाग्ने एसयूभी पछाडिबाट भने निकै भिन्न लाग्छ । यस एमजी–६ को बजारमूल्य भने ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : 16:13