२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

नेको इन्स्योरेन्सले कमायो १६ करोड ३९ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

२९ वैशाख, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्म ३६ करोड ९३ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिसम्म आइपुग्दा ५५.६१ प्रतिशतले घटेर १६ करोड ३९ लाख रुपैयाँमा झरेको छ।

याे अवधिमा कम्पनीकाे खुद बीमाशुल्क आम्दानी १ अर्ब २२ करोड ७९ लाख रुपैयाँबाट घटेर १ अर्ब २२ करोड ७० लाख रुपैयाँमा झरेको हो। कम्पनीको निर्जीवन बीमाकोष भने ३ अर्ब ५३ करोड ९१ लाख रुपैयाँबाट ४५ प्रतिशतले बढेर ५ अर्ब १३ करोड ६७ लाख रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ अर्ब ३४ करोड रुपैयाँ र जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि २४.४७ रुपैयाँबाट १७.७४ रुपैयाँमा झरेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ २२३.११ रुपैयाँ कायम रहेको छ।

प्रकाशित मिति : 11:55