२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

विकास हाईड्रोपावरको नाफामा ६२१ प्रतिशतले बढ्याे

२९ वैशाख, काठमाडौं। विकास हाईड्रोपावर कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएसँगै नाफा बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासम्म १३ करोड ८१ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत ६२१.९८ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ७ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले ९८ लाख ४५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आवमा ३ करोड ८३ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड ७६ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी सुविधा खर्च ७५ लाख ६४ हजार, प्रशासनिक खर्च ३९ लाख ९२ हजार र ह्रासकट्टी खर्च २ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

 समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १०.४३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७१.२४ गुणा  रहेकाे छ ।

प्रकाशित मिति : 11:47