प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से
२९ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ५.०४ अंक बढेर २७८८.८९ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६० स्टकको १०५ पटकको कारोबारमा ४७ लाख ९३ हजार ७३९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार ४८२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 12, 2026 at 10:57 am









