२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

नेप्सेमा ३९ अर्ब ८९ करोड बराबरको बोनस सेयर सूचीकृत

२९ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  ३९ अर्ब बढीकाे बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आवको नौ महिनाको विवरण अनुसार नेप्सेमा ३९ अर्ब ८९ करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे छ ।

त्यस्तै, साे अवधिमा ४५ अर्ब ५४ करोड बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, २७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, ९७ करोड १७ लाख बराबरको एफपीओ र  २ करोड २९ लाख बराबरको
अन्य गरी कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : 09:56