२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२९ वैशाख, काठमाडौं । स्नो रिभर्स लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो । कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:06