सडक पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा
२८ वैशाख, काठमाडौं । सरकारले हुलाकी, पुष्पलाल तथा उत्तरदक्षिण राजमार्ग जस्ता सडक पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे बताउनुभएकाे हाे । उहाँले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताउनुभयाे ।
द्रुतमार्ग शीघ्र सम्पन्न गर्ने र सबै स्थानीय तहमा १२ महिना चल्ने सडक पुर्याइने उहाँले बताउनुभयाे ।
प्रकाशित मिति : 17:29









