माध्यमिक तहसम्म निःशुल्क शिक्षा, पाठ्यक्रम पुनरावलोकन गरिने घोषणा
२८ वैशाख, काठमाडौं । माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे बताउनुभएकाे हाे ।
सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी गर्दै निजी शिक्षामा नियमन गर्दै सेवामुखी बनाउने नीति सरकारले लिएको छ । उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गराउने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र एआई जोडने नीति सरकारले लिएको छ ।
त्यस्तै, सरकारले शिक्षक नियुक्ति पदोन्नति र योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यस्तै शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउँदै सबै तहको पाठ्यक्रम पुनरावलोकन गरिने जानकारी दिनुभयाे।
प्रकाशित मिति : 17:14









