२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

सरकारले गर्यो सेयर बजारलाई सम्बोधन, के-के गर्नेछ योजना ?

२८ वैशाख, काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएकाे हाे । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उहाँले भन्नुभयाे ।

साथै, धितोपत्र निकाय, नेप्से तथा सीडीएससी प्रणालीको पुनर्संरचना गरिने भएकाे छ । ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : 16:48