२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

सोमबार यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । सोमबार नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा पुगेको छ।

आज ३३२ कम्पनीको १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे सेयर मूल्य १४.१९ प्रतिशतले बढेकाे छ । त्यस्ते, यस दिन कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ११.३७ प्रतिशत , दोल्ती पावरको सेयर मूल्य ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.७८ प्रतिशत र मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य ६.६४ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : 15:16