राष्ट्र बैंकद्वारा १३ कर्मचारी सहायक निर्देशमा बढुवा
२८ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले प्रशासन सेवाअन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय) पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा १३ जना कर्मचारीलाई बढुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागद्वारा प्रकाशित सूचना अनुसार विभिन्न विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सहायक निर्देशक पदमा बढुवा गरिएको हो ।
बढुवा हुने कर्मचारीहरूमा शान्ति दंगाल, हरि प्रसाद भण्डारी, ललित कार्की, टिकाराम ढकाल, रामकुमार चौधरी, बिबेक देबकोटा, कृति ओझा, होम बहादुर काउचा, दल बहादुर थापा, अर्जुनराज तिवारी, वीरबहादुर जयसवाल, कमला आचार्य र सुवासचन्द्र चौधरी रहनुभएकाे छ ।

प्रकाशित मिति : 13:54









