१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रधानमन्त्री नआएपछि कांग्रेसले बहिष्कार गर्यो राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री बालेन साह बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै उपस्थित नभएपछि कांग्रेसले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेको हो।

गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहनुभएका प्रधानमन्त्रीसँग जबाफ माग गर्नुपर्ने भए पनि बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेको कांग्रेसको भनाइ छ।

सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । उक्त बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव अनुपस्थित रहनुभएकाे हाे । कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको बताउनुभयाे ।

प्रकाशित मिति : May 11, 2026 at 1:36 pm