प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से
२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको ९३ पटकको कारोबारमा १९ लाख ५० हजार ३४० रुपैयाँ ९० पैसाबराबरको ३ हजार ९४८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : May 11, 2026 at 10:56 am









