रास्वपा किस्पाङ गाउँपालिकाको सभापतिमा पुनः शिवप्रसाद भट्ट
२८ वैशाख, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को किस्पाङ गाउँपालिका अधिवेशनले सभापतिमा पुनः शिवप्रसाद भट्टलाई चयन गरेको छ । शनिबार किस्पाङ ३ काहुलेमा भएको अधिवेशनले भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । भट्ट संस्थापक सभापति हुनुहुन्छ । यस्तै उपसभापतिमा विजयकुमार तामाङ चयन हुनुभएको छ ।

रास्वपाका केन्द्रीय सदस्य रामकृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा बागमती प्रदेशको महामन्त्री सुरेन्द्र भट्ट, नेताहरू दामोदर नेपाल, रामेश्वर गजुरेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रकाशित मिति : 08:31









