१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, सर्वसाधाराणले न्यूनतम ५० कित्ता देखि आवेदन दिन पाउने

६ फागुन, काठमाडौं  । शिवम् सिमेन्टले सर्वसाधारण र उद्योग प्रभावितका लागि सेयर विक्री खुला गरेको छ ।शिवम् सिमेन्टको आईपीओकालागि  सर्वसाधाराणले न्यूनतम ५० कित्ता देखि आवेदन दिन पाउने भएका छन् । अाज  देखि बिक्रि खुला भएको आईपीओमा कम्पनीले प्रतिकित्ता ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यसका लागि फागुन ९ गतेसम्मका लागि आवेदन दिन सकिनेछ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने चैत्र ५ गतेसम्म आवेदन म्याद थप हुनेछ । उद्योग प्रभावित स्थानीयले भने २०० रुपैयाँ प्रति कित्ताका दरले आवेदन दिन पाउनेछन् । ५ लाख ७९ हजार ६ सय ४० कित्ता सेयर स्थानीयले पुनः आवेदन दिन पाउनेछन् । यसअघि ८ लाख ८० हजार कित्ता आइपीओ जारी गर्दा २ लाख २ सय ४० कित्ता मात्र बिक्रि भएको थियो ।

सो समयमा बाँडफाँटमा परेका स्थानीयलाई एक लाख १२० कित्ता थप गरिएको छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकत्तम ५ लाख ६९ हजार ६ सय ४० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आवेदन आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट भर्न र बुझाउन सकिनेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार ११:३९