राजनीतिमा जीवनी लेख्न हाेइन, इतिहास लेख्न आएकाे हुँः रवि लामिछाने
२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू राजनीतिमा जीवनी लेख्न नभई इतिहास लेख्न होमिएको बताउनुभएकाे छ । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको दुई दिने प्रशिक्षणको समापन सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको लामिछानेले बताउनुभयाे । ‘कसैलाई लाग्ला, पार्टी सभापति बन्न, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यमा लागेर हिँडेको भन्ने लाग्छ भने त्यो भ्रम मात्र हो’, सभापति लामिछाने भन्नुभयाे, ‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं ।’
प्रकाशित मिति : 15:59









