सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४७ प्रतिशतले घट्यो
२७ वैशाख, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले चालु आवको तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको उक्त नाफा अघिल्लो आवको साेही अवधिकाे तुलनामा ४७.१३ प्रतिशतले कम छ । अघिल्लो आवमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी पनि २ अर्ब ९ करोड रुपैयाँबाट बढेर २ अर्ब ११ करोड पुगेको छ । अघिल्लो आवमा १ अर्ब ७३ करोड रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब ९२ करोड पुगेको छ ।
कम्पनीको कुल सम्पत्ति बढेर १४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति १४ अर्ब ७२ करोड ८ लाख रुपैयाँ रहेको थियो। चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १८ करोड ८१ लाख रुपैयाँ सञ्चिति रहेको छ।
तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषको आकार २२ करोड ६७ लाख रहेको छ भने रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख सञ्चित छ ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८९.६३ गुणा कायम भएको छ ।
प्रकाशित मिति : 10:30









