१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बालेनलाई सपनाको सन्देश ‘संविधानको विरूद्धमा गरिने काम क्रान्ति हुन सक्दैन’

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको नाममा कडा सन्देश दिनुभएको छ । उहाँले संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने बताउदै घुमारो भाषामा संवैधानिक परिषद्बाट गरेको निर्णय गलत रहेको दाबी गर्नुभएको छ ।

उहाँले  शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीहरूका नाममा पनि विशेष सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, ‘दुईतिहाइ र महाअभियोगको डरमा नपर्न आव्हान गर्छु ।’

dainiki.com

उहाँले भन्नुभयो, ‘संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन ।’ उहाँले आफ्नो नाम संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस नगरेकोमा घुमारो ढंगले चर्को विरोध गर्नुभयो ।

उहाँले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन भन्ने तर्क समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन ।’ उहाँले महाअभियोग र दुई तिहाइको डरबाट मुक्त हुन सबैलाई आह्वान समेत गर्नुभएको छ ।

प्रकाशित मिति : May 9, 2026 at 6:09 pm