संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैनः कामु प्रधानन्यायाधीश
२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन नसक्ने बताउनुभएको छ । शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘संविधानलाई यथास्थितिमा राखेर संविधानको विरुद्धमा गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन ।’ उहाँले आफ्नो नाम संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस नगरेकोमा घुमारो ढंगले चर्को विरोध गर्नुभयो ।
उहाँले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिंदैन भन्ने तर्क समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘संविधानको उल्लंघन गर्नेहरूलाई संविधानविरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन पनि हुन सक्दैन ।’ उहाँले महाअभियोग र दुई तिहाइको डरबाट मुक्त हुन सबैलाई आह्वान समेत गर्नुभएको छ ।
प्रकाशित मिति : 16:45









