२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

पाकिस्तानी मोडेलमा गए बालेनपछि मनोज प्रधानमन्त्री !

२६ वैशाख, काठमाडौँ । सर्वोच्चको अदालतको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को बैठकले डा मनोज शर्माको नाम सिफारिस गरेपछि मुलक नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका कतिपय नेताहरू वेचैन बनेका छन । उनीहरूले परिषद्को सिफारिस विभिन्न ढंगले टिप्पणी गर्दै आएका छन ।

dainiki.com

कतिपयले घण्टा घण्टामा फेसबुकमा टिप्पणी लेखेर निर्णयको बिरोध गरिरहेका छन । यसरी बिरोध गर्ने माध्येका एक हुनुहुन्छ नेकपा एमालेका नेता सूर्य थापा । उहाँले शनिबार यही निर्णयसँग जोडेर अब बालेन शाह पछिको प्रधानमन्त्री मनोज शर्मा नै हुनसक्ने भविष्यवाणी गर्नुभएको छ । थापाले पाकिस्तानी मोडलमा गए त्यो सम्भव हुने भन्दै मार्ग प्रस्ताव समेत गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेपालमा सर्वोच्च अदालतको न्यायाधीश बनेपछि महत्वाकांक्षी व्यक्ति प्रधानन्याधीश र प्रधान्यायाधीश भएपछि प्रधानमन्त्री बन्न कर्तव्यच्यूत हुनेहरूको ताँती नै लागेको छ।यसर्थ: डा. मनोज शर्मा श्रीमानले नै बालेलाई प्रतिस्थापन गर्ने दिन नआउला भन्न सकिन्न। पाकिस्तानी मोडेलको अभ्यासमा निकट भविष्यमा यो संभव छ ! हेर्दै जाओैं ।’

संवैधानिक परिषद्ले संविधान अनुसारनै सिफारिस गरेको भए पनि कांग्रेस, एमाले र नेकपाका नेताहरूले मर्म, वरियता र परम्परा मिचिएको दाबी गरिरहेका छन । अझ पूर्व एमाले नेता समेत रहनुभएको वरिष्ठ अधिवक्ता शम्भु थापाले अब सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फूयाँलका लागि साच्चिकै न्यायाधीश बन्ने अवसर आएको टिप्पणी समेत गर्नुभएको छ ।

प्रकाशित मिति : 16:25