स्टाफ कलेजको हल सापटी लिएर सांसदको प्रशिक्षण चलाएकोमा आशिकाको आपत्ति
२६ वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को नेता आशिका तामाङले पार्टीले सांसदहरूका लागि गरेको प्रशिक्षण कार्यक्रममा प्रश्न उठाउनुभएको छ । फेसबुक मार्फत उहाँले प्रशिक्षण स्थानको विषयमा असहमति प्रकट गर्नुभएको हो ।

सांसद तामाङले सिंहदरबारभित्र नै गर्नुपर्ने सांसदको प्रशिक्षण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हल सापटी लिएर गर्नुपर्ने बाध्यता किन आइलाग्यो भन्दै प्रश्न समेत गर्नुभएको छ ।
यस्तो छ आशिकाको फेसबुक टिप्पणी
संसदहरूलाई प्रशिक्षण कार्यक्रम या अभिमुखीकरण कार्यक्रम गर्न फाइभ स्टार होटल नै या अरु बाहिर कसैसँग हल् सापटी लिएर गर्नु पर्नु कुनै बाध्यता पक्कै होइन होला ?? सिंहदरबारमा त्यस्ता सभाहल कति छन् कति , बाहिर किन आखिर ? बाहिर दिनको कति खर्च लाग्छ त्यसको लेखा जोखा कस्ले गर्ने?? कि सांसदहरूलाई सुरक्षाको लागि महंगा हलहरुमा कार्यक्रम गरिएको हो भने के एक दिन मात्र चाहिने हो सुरक्षा?? अरु दिन चाहिँ पर्दैन? हामी आफै परिवर्तनको पक्षमा हिँडिरहँदा, फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने उहीँ भने जस्तो भयो भने पुराना र हामी नयाँमा के फरक भयो त???

प्रकाशित मिति : 16:09









