२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

म जस्तै अरू पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहेका छन्

२६ वैशाख, काठमाडौँ । प्रतिनिधिसभा सदस्य केपी खनालले आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहनुपरेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आफ्नो कुरा राखेपछि फेसबुक मार्फत उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू जस्तै अरू पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘मलाई ऐलानी जग्गाको कुरा निकालेर विवादमा ल्याउन खोजियो, तर ती भ्रम छर्नेहरूले बुझेनन् कि म त्यही भुइँमान्छेको छोरो हुँ जसको परिवारले पुस्तौँदेखि माटो सिँच्यो तर स्वामित्व पाएन, म जस्ता लाखौँ युवा आज पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहेका छन् ।’

यस्तो छ खनालको टिप्पणी

लालपुर्जाको नाममा ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ :
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आज भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री मा. प्रतिभा रावल ज्यु सहित मन्त्रालय कर्मचारी ज्युहरुको उपस्थिति मा मन्त्रालयको अहिलेसम्मको विवरण र आगामी कार्ययोजनाको छलफल भयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रगति समीक्षाका क्रममा आफुले केहि कुरा राखेको छु जहाँ

‘मलाई ऐलानी जग्गाको कुरा निकालेर विवादमा ल्याउन खोजियो, तर ती भ्रम छर्नेहरूले बुझेनन् कि म त्यही भुइँमान्छेको छोरो हुँ जसको परिवारले पुस्तौँदेखि माटो सिँच्यो तर स्वामित्व पाएन,’ ‘म जस्ता लाखौँ युवा आज पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैं बाँचिरहेका छन् ।’

सार्वजनिक जग्गा नमासी पुस्तौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनुपर्ने छ । सार्वजनिक जग्गा हडप्नु र पुस्तौंदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा बस्नु बीचको भिन्नता बुझ्न पर्दछ ।

पूराना दलहरूले बनाएका २२ वटा आयोगले केवल राज्यको ढुकुटी सिध्याउने बाहेक काम नगरेको उल्लेख गर्दै अब ‘पार्टीको झण्डा’ बोक्ने कार्यकर्ता नभइ होइन, प्रविधि र माटो बुझ्ने विज्ञ सम्मिलित शक्तिशाली समिति बनाउन माग गरेको छु साथै
वास्तविक सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबासको अधिकार सुनिश्चित गर्न आग्रह गर्दछु ।

साथै आफू संसदमा कुर्सी ओगट्न मात्र नआएको स्पष्ट पार्दछु।

‘मैले चुनावमा भनेको थिएँ— म लालपुर्जाको नाममा राजनीति होइन, परिणाम दिन जानेछु । आज म त्यही वाचा पूरा गर्न उभिएको छु । मेरो लागि यो सांसदको लोगोभन्दा ठूलो त्यो ‘रातो पुर्जा’ को कागज हो, जसले मेरो क्षेत्रका र देशभरका दाजुभाइलाई आफ्नै माटोको मालिक बनाउनेछ ।

अन्त्यमा विशेषगरी :
– सात दशकदेखि लालपूर्जाको सपना देखाएर राज्यको अर्बौं रुपैयाँ कार्यकर्ता पाल्नमा खर्च गरिएको थियो अब भने रास्वपाको बालेन सरकारबाट त्यो खेल बन्द हुनेछ ।

– सार्वजनिक जग्गा नमासी अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनुपर्ने र ऐलानी जग्गामा बस्नुबीचको भिन्नता लाई स्पष्ट बुझाएर राज्यले अभिभावकत्व ग्रहण गरेर अतिक्रमित क्षेत्रका सुकुमबासी लाई सुरक्षित र व्यावस्थित ढङ्गले राख्नेछ ।

– २२ वटा आयोगले राज्यको ढुकुटी सिध्याउने बाहेक काम नगरेको उल्लेख गर्दै प्रविधि र माटो बुझ्ने विज्ञ सम्मिलित समिति बनाउनु पर्ने देखिन्छ ।

प्रकाशित मिति : 06:27