२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

रास्वपाको पालिका अधिवेशन सहकारीमा

२६ वैशाख, नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) किस्पाङको गाउँ अधिवेशन सहकारीमा हुने भएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकामा रास्वपाको प्रथम अधिवेशन सहकारीमा हुन लागेको हो ।

रास्वपा किस्पाङका सभापति शिव भट्टले शनिबार काहुले सिग्ला सहकारीमा उपस्थितिका लागि अपिल गर्नुभएको छ । पालिका अधिवेशनको व्यानर सार्वजनिक गर्दै भट्टले सहकारीमा उपस्थितिका लागि अपिल गर्नुभएको हो । किस्पाङ गाउँपालिकाको वडा नम्बर ३ काहुलेको बावाचेत बजारमा रहेको सहकारीमा शनिबार रास्वपाको प्रथम पालिकाको प्रथम अधिवेशन हुँदैछ ।

प्रकाशित मिति : 06:16