एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे मनोनीत
२५ वैशाख , काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। एमालेका संसदीय दलका नेता रामबहादुर थापा (बादल) ले शुक्रबार राष्ट्रिय सभातर्फको सचेतकमा मेचेलाई मनोनीत गर्नुभएकाे हाे ।
रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकाे हाे। झापा, मेचीनगर नगरपालिका-१२ की उहाँ लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : 13:18









