१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

विदेशस्थित १५ महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय

२५ वैशाख, काठमाडौं । सरकारले १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले विदेशस्थित महावाणिज्य दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने,’ बैठकको निर्णय सुनाउँदै सरकार प्रवक्ता सस्मित पोखरेलले भन्नुभयाे ।

बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : May 8, 2026 at 1:07 pm