२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

नागरिक लगानी कोषको नाफा ९८ करोड ६० लाख, प्रतिसेयर आम्दानी कति ?

२५ वैशाख, काठमाडौं। नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८९ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा कम्पनीले १ अर्ब ६४ करोड ७ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७.३२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।

 कम्पनीले ३ खर्ब ११ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ३४ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा १५ अर्ब ७० करोड ,समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३२ अर्ब १ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीको बैंक मौज्दात १ अर्ब ६१ करोड र चालु सम्पत्ति ७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.३२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.११ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : 11:04