सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार रकम भने २ अर्ब ९३ करोडमा खुम्चियो
२४ वैशाख, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९४ अंकले बढेर २ हजार ७१८ दशमलव १६ को बिन्दुमा कायम भएको हो ।
आज ३३४ कम्पनीको ६६ लाख ८४ हजार सात कित्ता शेयर ४५ हजार ६५ पटक खरिद बिक्री हुँदा रू २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज बैंकिङ शून्य दशमलव ३३, विकास बैंक शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २०, जीवन बिमा शून्य दशमलव ३०, लघुवित्त शून्य दशमलव ३५, व्यापार एक दशमलव ५७ र अन्य समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
वित्त समूह शून्य दशमलव ०८, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०८, म्युचुअल फन्ड शून्य दशमलव १६ र निर्जीवन बिमा शून्य दशमलव ५६ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रू १७ करोड ६८ लाख ३३ हजार ३६९ बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको पाँच लाख २६ हजार ६८२ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति : 16:28









