१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आइएमई लाइफको नाफा ३६ काराेड ७९ लाख, अन्य सूचक कस्ता ?

२३ वैशाख, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा सामान्य वृद्धि सहित ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ३९।१८ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

 कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट बढेर ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँबाट बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ पैसाले बढेर ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : May 6, 2026 at 10:25 am