२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

समृद्धि फाइनान्सको अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का-फुकुवा सेवा सूचारु

२२ वैशाख, काठमाडाैं । समृद्धि फाइनान्सले धितो बन्धक रोक्का, फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन मार्फत सूचारु गर्ने भएकाे छ।समृद्धि फाइनान्स र नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच जग्गा रोक्का तथा फुकुवा सम्बन्धी कार्यहरू अनलाइन मार्फत सम्पन्न गर्ने विषयमा औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौता अनुसार अब उपरान्त धितो बन्धकी पारित गर्न जग्गाधनी र बैंकका प्रतिनिधि कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यता हटेको छ। यो नयाँ व्यवस्था भूमि प्रशासन निर्देशिका २०८१ बमोजिम पूर्ण रूपमा सूचना प्रविधिमा आधारित रहेकाले सम्पूर्ण प्रक्रिया अनलाइनबाटै छिटो र छरितो रूपमा सम्पन्न हुनेछ।

उक्त समझदारी पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरे र नेपाल सरकार, भुमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट महा निर्देशक शिव प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात् धितो बन्धकको रोक्का तथा फुकुवा सम्बन्धि सम्पूर्ण कार्यहरु अनलाईन मार्फत संस्थाले नै गर्न सकिने छ । उक्त सुविधा यस फाइनान्सको केन्द्रिय कार्यालय मार्फत नेपाल अधिराज्य भरमा रहेको सम्पूर्ण शाखा कार्यालयहरुको समेत गर्न सकिनेछ ।

यो सँगै फाइनान्सका ग्राहकले कर्जा उपभोग गर्दा छिटो छरितो तथा सहज रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । समृद्धि फाइनान्स लिमिटेडले डिजिटल वित्तीय सेवा विस्तार गर्दै नयाँ प्रविधिहरु मार्फत ग्राहक सन्तुष्टिमा केन्द्रित सेवाहरु प्रदान गर्ने लक्ष्य लिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस., आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंग लगायतका बैंकिग र मोबाइल बैंकिग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता अत्याधुनिक डिजिटल सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : 17:27