मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२२ वैशाख, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ को बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन १६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ९० कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस दिन १६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।आज सोलु हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख १६ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख १३ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको ११ करोड ५२ लाख १८ हजार रुपैँया, आँखुखोला जलविद्युत कम्पनीको ८ करोड १५ लाख ४० हजार रुपैयाँ र पाल्पा सिमेन्टको ७ करोड ७३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:17









