आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
२२ वैशाख, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ को बिन्दुमा बन्द भएको छ । आज ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन १६२ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने ९० कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस दिन १६ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ । आज अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ । त्यसैगरी, सोलु हाइड्रोपावरको सेयर मूल्य ७.५६ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ७.०४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:14









