१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

२२ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । न्यायाधीश गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो।

यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : May 5, 2026 at 3:03 pm