३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

गुराँस लघुवित्तको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

२२ वैशाख, काठमाडाैं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । गुराँस लघुवित्त र आरविवि मर्चेन्ट बैंकिङबीच वैशाख १६ गते सेयर रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौता भएको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु आरविवि मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित मिति : May 5, 2026 at 2:27 pm