२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२२ वैशाख, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात वैशाख २३ गते बुकक्लोज गर्दैछ।

यसको अर्न आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले जेठ ६ गते नेपाल पुलिस क्लब, प्रदर्शनीमार्ग, काठमाडौंमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीकोा ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : May 5, 2026 at 9:58 am