२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

धितोपत्र बोर्ड अध्यक्षका लागि ४७ जनाले दिए आवेदन

२१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाको आवेदन परेको छ । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि गठन गरेको सिफारिस समितिका अनुसार आवेदन दिने अन्तिम दिन सोमबारसम्ममा ४७ जनाको आवेदन परेको हो ।

अध्यक्ष पद पूर्तिका लागि अर्थ मन्त्रालयअन्तर्गत गठित सिफारिस समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचनामार्फत ७ दिनभित्र इच्छुक तथा योग्य उम्मेदवारलाई आफ्नो व्यक्तिगत विवरण र स्वघोषणा फाराम मात्र बुझाउन आग्रह गरिएको थियो।

मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहनुभएकाे छ ।

सो समितिले प्राप्त आवेदनमध्येबाट तीन जनालाई सिफारिस गरेपछि सरकारले तीमध्ये एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गर्नेछ ।

प्रकाशित मिति : 18:29