कांग्रेसले बोलायो संसद् समन्वय बोर्डको बैठक
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक मंगलबारका लागि बोलाएको हो ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार अपराह्न ३ बजे बैठक बस्नेछ। संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : 18:20









