२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

घरमा छापा मारिएकोमा आपत्ति जनाउँदै मुख्यमन्त्री बानियाँले भनेः मेरो चरित्रमाथि आघात पुग्यो

२१ वैशाख, काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै त्यसले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताउनुभएकाे छ ।

सोमबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित आफ्ना घर तथा कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएकाे छ ।

‘राजनीतिक र व्यावसायिक जीवनका बारेमा गर्ने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु,’ उहाँले विज्ञप्तिमा भन्नुभएकाे छ, ‘तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ । राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने विद्यमान अवस्थामा अकस्मात् गरिएको छापामारीप्रति आपत्ति जनाउँदछु ।’

प्रकाशित मिति : 17:26