१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एनआरएन इन्फ्रास्ट्रक्चरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको हो । २ कम्पनीको सेयर मूल्य यस दिन  स्थिर रहेको हो । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३१ करोड ३६ लाख रुपैयाँमाथिको सेयर किनबेच भएको छ।

त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १७ करोड ९९ लाख, नेशनल हाइड्रो पावरको १५ करोड ५४ लाख, आँखुखोला जलविद्युतको १५ करोड १८ लाख, एनआईशी एशिया बैंकको ११ करोड ८९ लाख र पाल्पा सिमेन्ट इन्डष्ट्रिजको १० करोड ८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : May 4, 2026 at 3:18 pm