संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जस्ताको तस्तै पठाएका छौँः प्रवक्ता पोखरेल
२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुन: सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाइएको बताएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे । प्रवक्ता पोखरेलले भन्नुभयाे, ‘पहिला जुन थियो, त्यही नै पठाएका छौं । कुनै परिमार्जन छैन।’
राष्ट्रपति पौडेलले सरकारले पठाएको ८ वटा अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे थियाे । तर, आज बसेको बैठकले जारी गर्न राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
प्रकाशित मिति : 13:48









