२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकार निर्णय

२१ वैशाख, काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ऋण र अनुदान स्वीकार निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो ।

बैठकले भारतसँग जिटुजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : 12:50