२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुन: जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।

आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाउनुभएकाे थियाे ।

प्रकाशित मिति : 12:33