१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एनआईसी एशियालाई हकप्रद सेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति

२१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ। बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको हो।

राष्ट्र बैंकले वैशाख १७ गते हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो। हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ। नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि बैंकले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाउने छ ।

प्रकाशित मिति : May 4, 2026 at 11:24 am