१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आँखु खोला जलविद्युतले बोलायो साधारण सभा, यी प्रस्ताव पारित हुँदै

२१ वैशाख, काठमाडौं। आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ३१ गते काठमाडौंको बालुवाटारमा रहेको बालुवाटार प्यालेसमा बिहान ९ बजे १७ औं र १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभामा सर्वसाधारण सेयरधनीले प्रतिनिधित्व गर्ने गरी १ जना महिलासहित ५ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिबाट प्रस्तुत हुने आव २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 4, 2026 at 10:21 am