घोराही सिमेन्टको नोक्सानी घट्यो, प्रतिसेयर आम्दानी कति ?
२१ वैशाख, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ५५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३५ लाख २० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो । कम्पनीले चालु आर्थिक वर्ष ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्ष यस्तो मुनाफा मात्र १ करोड ७३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.१६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १६८.६९९ रुपैयाँ र तरलता अनुपात ०.८३२ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : 09:31









