२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

लिपुलेक सिमा विवादमा गोकुल : बालेनको भारत भ्रमणको प्रतिक्षामा छु

२१ वैशाख, काठमाडौँ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले लिपुलेक सिमा विवादमा टिप्पणी गर्न हतारिनु भन्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको प्रतिक्षा गर्नु महत्वपूर्ण हुने बताउनुभएको छ । सोमबार बिहान फेसबुकमा टिप्पणी राख्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

dainiki.com

पूर्वमन्त्री बाँस्कोटाले भन्नुभएको छ, ‘लिपुलेक सिमा विवादमा सरकारले लिएको अडान ठिक छ। भारतले पुरानै कुरा भन्यो र चीनले-यो हाम्रो समस्या होईन भन्ने होला । कुटनीतिमा बोल्यो बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन । बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतिक्षामा छु म चैँ ।’

प्रकाशित मिति : 07:51