४ कम्पनीले आइपीओ निष्कासन गर्ने, बोर्डमा दिए आवेदन
२० वैशाख, काठमाडौं । विभिन्न ४ कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएका छन् । डोलेश्वर भिलेज रिर्सोट एण्ड फार्म, केटीएम हस्पिटालिटी लिमिटेड, भगवती स्टिल्स इन्डस्ट्रि र एशियन कंक्रिटोले आइपीओ निष्कासनको अनुमति माग्दै वैशाख १४ गते बोर्डमा निवदेन दिएका हुन् ।
डोलेश्वर भिलेजले अंकित मूल्य १०० रुपैयाँ दरको कुल १६ करोड २० लाख रुपैयाँ बराबरको कुल १६ लाख २० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै, केटीएम हस्पिटालिटी लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरकै कुल १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
भगवती स्टिल्स इन्डस्ट्रिले अंकित मूल्य १०० रुपैयाँमा १३३ रुपैयाँ थप गरी प्रतिकित्ता २३३ रुपैयाँ दरमा ३४ करोड ९५ लाख रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
साथै एशियन कंक्रिटोले भने अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ६२ हजार ५०० कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीको बिक्री प्रबन्धकमा पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ ।
प्रकाशित मिति : 18:01









