१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सरकारले नागरिकलाई घरबारविहीन बनाउँदैनः सभापति लामिछाने

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने स्पष्ट पार्नुभएकाे छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, “देशका नागरिक कसैलाई पनि घरबारविहीन बनाउँदैनौँ । आज केही समस्या भएको छ, तर यसले सधैँका लागि समस्या समाधान गर्छ । हामीले खोलाको किनारामा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खोजेको छौँ”।

प्रकाशित मिति : May 3, 2026 at 4:42 pm