सूर्यज्योति लाइफको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
१८ वैशाख, काठमाडाैं। सूर्यज्योति लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले ३३ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको २९ करोड ५७ लाखको तुलनामा ११.६७ प्रतिशतले बढी हो ।
कम्पनीको कुल आम्दानी पनि ११ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ८ अर्ब ३८ करोड रुपैयाँ रहेको कम्पनीको दाबी भुक्तानी यो अवधिमा बढेर ९ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल खर्च पनि ९ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ११ अर्ब २ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार बढेर ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८.७९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५.४९ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : 11:31









