३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

माथिल्लो मैलुङ खोला जलविद्युतको नाफा ३४५ प्रतिशतको उछाल

१८ वैशाख, काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लिमिटेडले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ८ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ९० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

 यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा २८ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ३२ करोड ७४ लाख पुगेको छ । कम्पनीले यो अवधिमा १६ लाख ७९ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।

यस्तै कम्पनीको वित्त खर्च १३ करोड १७ लाखबाट घटेर १० करोड ४१ लाखमा सीमित बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)८.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९७.७८ रुपैयाँ र तरलता अनुपात ४.३७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : 10:24