६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई नेपाल बैंकमा १५ लाखसम्म विनाधितो कर्जा सुविधा

१७ वैशाख, काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी १५ लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् ।

यसबाट राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले एकै थलोबाट वित्तीय आवश्यक्ता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटड बीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ । वैशाख १६ गते बुधबारका दिन नेपाल बैंक लिमिटेडकोे प्रधान कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट रिटेल कर्जा प्रमुख अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनी लिमिटडको तर्फबाट मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गर्नुभयाे ।

नेपालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रकाशित मिति : April 30, 2026 at 5:01 pm